एसीसी प्रिमियर कप : यूएईको लगातार दोस्रो जीत, कुवेतले कम्बोडियालाई हरायो

 बैशाख १, २०८१ शनिबार १६:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा आज यूएई र कुवेत विजयी भएका छन् । ओमानमा भएको खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले हरायो ।

कम्बोडियाले दिएको एक सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर दुई बलमा दुई विकेट गुमाएर भेटायो । कुवेत हिजो शुक्रवार भएको खेलमा यूएईसँग पराजित भएको थियो । कम्बोडिया भने आज पहिलो खेलमा पराजित भएको हो । 

आजै भएको अर्को खेलमा यूएईले बहराइनलाई ३७ रनले हराएको छ । यूएईले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा आठ विकेट गुमाएर एक सय ९९ रन बनायो । उसका इमरान अनवरले २२ बलमा ६० रन बनाए । यूएईका आयान अफजल खानले तीन विकेट लिए ।

पहिले ब्याटिङ गरेको यूएईका लागि आलिशान सफारुले ७८, आशिफ खानले ६६ र मोहम्मद वासिमले ६५ रन बनाएका थिए । बहराइनका इमरानले अनवरले तीन विकेट लिए ।

यूएईले हिजो कुवेतलाई हराएको थियो भने बहराइन आयोजक ओमानसँग पराजित गरेको थियो । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया