मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट

 बैशाख १, २०८१ शनिबार १८:३४:२९ | रासस
unn.prixa.net

रासस

ताप्लेजुङ – ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबको १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यवसायिक उत्पादन गर्ने जनाएको छ ।

आयोजनाका प्रबन्धक मणिराज पोखरेलकाअनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरमा रहेको कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो । अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताउनुभयो ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकाअनुसार योसँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको छ । यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने उहाँको भनाई छ । आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ ।

फुङलिङ नगरपालिकाको फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत् गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो । जलविद्युत् देशको अर्थतन्त्रको मेरुदण्ड नै मानिन्छ ।    

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया