चितवन : गैँडाको आक्रमणबाट नेचर गाइडको ज्यान गयो

 बैशाख १, २०८१ शनिबार १८:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट ज्यान गएको छ ।

आज बिहान चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई अहिले रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षका सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणबाट घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रेग्मीसँग रहेका पर्यटक भने सकुसल रहेका छन् ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया