दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको ज्यान गयो

 बैशाख ३, २०८१ सोमबार ७:३४:४३ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ –  दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

आन्द्राभरैयाका चार जना बालक बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएका प्रहरीले जनाएको छ । हिजो दिउँसो खेल्न गएकामध्ये तीन जना खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अरु दुईजना गहिरो खाल्डोमा पुरिएका थिए । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया