आगलागीमा परि अछाममा दुई जना बालबालिकाको ज्यान गयो

 बैशाख ३, २०८१ सोमबार १२:११:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

अछाम – अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ६ को षोडशामा आगलागी हुँदा दुई जना बालककाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दीपक बोहराको आठ वर्षीया छोरी भावना र रमेश बोहराको छ वर्षीय छोरा गोपालकाे आगलागीमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

खरले छाएको कच्ची छानामा बिहान अचानक सल्केको आगोले स्याउलासमेत जलेपछि त्यही आगोमा परि उनीहरूको ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया