चैतमा झण्डै ५० हजार वटा घरजग्गा कारोबार, ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन

 बैशाख ४, २०८१ मंगलबार १५:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चैत महिनामा झण्डै ५० हजार वटा घरजग्गा कारोबार भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार देशभरका मालपोत कार्यालयबाट चैत महिनामा ४९ हजार छ सय १२ वटा घरजग्गा किनबेच भएका हुन् ।

सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै दुई हजार ८२ वटा घरजग्गा किनबेच भएका छन् । यस्तै चैत महिनामा घरजग्गा काराेबारबाट साढे चार अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । सबैभन्दा धेरै लगनखेल मालपोत कार्यालयले ४२ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चैतमा सेवाकरबापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिस्ट्रेशन दस्तुरबापत दुई अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पुँजीगत लाभकरबापत एक अर्ब ४६ करोड ९१ लाख रुपैयाँसहित अन्य विभिन्न सेवा प्रवाहबाट राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

चैतमा ३८ हजार सात सय ४० वटा घरजग्गाको रोक्का र २९ हजार एक सय ५२ वटा घरजग्गाको फुकुवा भएको छ । साथै यस अवधिमा १७ वटा अपार्टमेन्टको लिखत पारित भएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया