मिसाइलको चर्को अभाव भएकाले रुससँगको लडाईं कमजोर बन्दै गएको युक्रेनी राष्ट्रपति जेलेनेस्कीको गुनासो

 बैशाख ४, २०८१ मंगलबार १८:२:५१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनले रुससँगको युद्धमा मिसाइलको चर्को अभाव भएको बताएको छ ।  गएको महिना कयौँ रुसी हमला विफल बनाएको र रुसमाथि जवाफी आक्रमण गरेको युक्रेनले यो महिनाको शुरुदेखि मिसाइल र हवाई रक्षा प्रणालीको अभाव भएको जनाएको हो ।

मिसाइलको अभाव हुँदा रुसले राजधानी किभ वरपरका सबैजसो पावर प्लान्ट ध्वस्त बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको महिना रुसले १८ सय मेगावाट क्षमताको थर्मल प्लान्ट ध्वस्त बनाइदिएपछि युक्रेनमा उर्जा सङ्कट पनि बढेको छ । सरकारले नागरिकलाई विद्युत बचत गर्न आग्रह गरेको छ ।

जेलेनेस्कीले यो महिनाको शुरुदेखि नै मिसाइल र गोलाबारुदको अभाव रहेको भन्दै अमेरिका र पश्चिमा देशसँग सहयोग माग्नुभएको थियो । तर माग अनुसारका मिसाइल नपाएपछि अहिले युक्रेन कमजोर अवस्थामा पुगेको छ ।

अब यदि रुसले आफ्नो तीव्र गति र लामो दूरीको बमबारी अभियान जारी राख्यो भने अवस्था झनै जटिल बन्ने युक्रेनी राष्ट्रपति जेलेनेस्कीले बताउनुभएको छ । अहिले युक्रेनका पश्चिमी मित्र राष्ट्रहरू युक्रेनमा थप हवाई रक्षा पठाउन अनिच्छुक देखिएका छन् ।

रुसले युक्रेनमाथि विजय प्राप्त गरेमा समग्र युरोप नै खतरामा पर्ने भन्दै युक्रेनले अत्याधुनिक मिसाइल र रक्षा प्रणालीको माग गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया