महालेखा परीक्षक पदमा तोयम रायाको नाम अनुमोदन

 बैशाख ४, २०८१ मंगलबार १८:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर


काठमाण्डौ – संसदीय सुनुवाई समितिले महालेखा परीक्षक पदका लागि प्रस्ताबित तोयम रायाको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँमाथि परेको उजुरीमाथि छानविन गरी रायालाई महालेखा परीक्षकका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्बाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखा परीक्षक पदमा लागि उपयुक्त देखिएकाले उहाँको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो । संवैधानिक परिषद्को गत चैत्र २८ गते बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रायालाई महालेखा परीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखा परीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया