दाङका उद्यमी महिला हस्तकलाबाट आयआर्जन गर्दै

 बैशाख ५, २०८१ बुधबार १२:८:३३ | रासस
unn.prixa.net

तस्बिर : रासस

दाङ – दाङका उद्यमी महिलाले हस्तकलाबाट आयआर्जन गर्न थालेका छन् । उनीहरुले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरीलगायतका सामग्री बनाउने गरेका छन् ।  हस्तकलाका सामग्री उत्पादनको माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहज तथा बचतसमेत हुने गरेको लमही नगरपालिका–५ कि सरिता चौधरी बताउनुहुन्छ ।

उद्योग नै स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताउनुभयो । उहाँका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्रीको खपत राम्रो हुने भएकाले बनाउन सकेमा महिनामा १५–२० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ ।

बिगतमा काम नहुँदा दिनभर गफ गर्ने, टिभी, मोबाइल हेरेर समय बिताउने गरेकोमा अहिले कामले गर्दा फुर्सद नै नहुँने उद्यमी महिलाको भनाई छ । तीन वर्षअघि सीप सिकेर हस्तकलाका सामग्री उत्पादनमा लागेकी सुमित्रा चौधरीले महिनामा २० हजार रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो ।

हस्तकलाका सामग्री काठमाण्डौ, पोखरा जस्ता मुख्य शहरमा माग र बिक्री धेरै हुने गरेको उद्यमी महिलाको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया