आईपीएल क्रिकेटमा दिल्लीले गुजरातलाई ६ विकेटले हरायो

 वैशाख ६, २०८१ बिहीबार ६:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो । टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाउँदा अलआउट भएको थियो । उसका रसिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजराज सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया