सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त, एमालेको पनि समर्थन

 बैशाख ६, २०८१ बिहिबार १७:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो ।

यसअघि एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने बताएको थियो । यो विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी पनि भएको थियो ।

देउवाले वैकल्पिक गठबन्धन बनाउनको लागि नेपाली कांग्रेस एकीकृत समाजवादीलाई सघाउन तयार रहेको बताउनुभएको थियो । तर सुदूरपश्चिममा सत्ता गठबन्धन भत्किएमा अरू प्रदेश र केन्द्रसम्म धक्का लाग्ने भएकाले एमालेले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

यसअघि एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । यस्तै माओवादी, एमाले र नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेका थिए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया