आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो

 बैशाख ७, २०८१ शुक्रबार ६:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा  एक सय ८३ रनमा अलआउट भयो ।

पञ्जाबले १४ रन जोड्दा पहिलो क्रमका ४ खेलाडी गुमाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । सूर्य कुमारले ७८ रन तथा रोहित शर्माले ३६ रन बनाए ।

७ खेलमा मुम्बईको यो तेस्रो जित हो । मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा छ । समान खेलमा पञ्जाब ४ अङ्कसहित नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे लखनउमा शुरु हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया