इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण

 बैशाख ७, २०८१ शुक्रबार १०:५७:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानमा एउटा इजरायलको क्षेप्यास्त्र आक्रमण भएको अमेरिकी अधिकारीले दाबी गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमले मध्य इरानको इस्फहान प्रान्तको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोटनको आवाज सुनिएको अपुष्ट जानकारी पाएको बताएका बीबीसीले उल्लेख गरेको छ ।

विस्फोटपछि इरानका कैयौँ शहरमा उडान रद्द गरिएको छ । इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३ सय ५० किलोमिटर दक्षिणमा पर्छ । इस्फहान कैयौँ परमाणुकेन्द्र र एउटा मुख्य सैन्य आधार भएको शहर हो । त्यस्तै इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोट भएको विवरण प्राप्त भएको खबरमा उल्लेख छ ।

गएको शनिवार राति इरानले इजरायलमाथि आक्रमण गरेको थियो । जसका कारण मध्यपूर्वका देशमा युद्धको सम्भावना बढेको आँकलन गरिएको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको भनिएको थियो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया