सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङलाई थुनामा पठाउन आदेश, दीपेश पुनसहित ६ जनासँग धराैटी माग

 बैशाख ७, २०८१ शुक्रबार १७:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।

न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस्तै अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहित दुर्गा पाण्डे चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, नवीन अछामी र रोशनी गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले दीपेशसँग चार लाख, दुर्गासँग १८ लाख, दीपकसँग चार लाख ४५ हजार, नीतासँग दुई लाख, नवीनसँग १० लाख र रोशनीसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको छ । यस्तै अदालतले कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश दिएको छ ।

पक्राउ परेकाहरूले सुप्रिम सहकारीका एक हजार आठ सय जनाभन्दा धेरै बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोप छ । सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया