'नेशनल पेमेन्ट गेटवे' प्रकरण : सुनील पाैडेल दाेषी ठहर, आठ जनालाई सफाइ

 वैशाख ७, २०८१ शुक्रबार १८:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'नेशनल पेमेन्ट गेटवे' खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पाैडेललाई दाेषी ठहर गरेकाे छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज पौडेललाई दोषी ठहर गरेको हो । अदालतले पौडेलको सजाय निर्धारणका लागि यही वैशाख २५ गते पेसी ताेकेकाे छ । यस्तै अदालतले यस प्रकरणमा बहालवाला सचिव मधु मरासिनीसहित आठ जनालाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'नेशनल पेमेन्ट गेटवे' खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा गएकाे असोजमा सचिव मरासिनीसहित नाै जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया