प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महासचिव पाेखरेल

 बैशाख ७, २०८१ शुक्रबार १८:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ । देशलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको उहाँकाे भनाइ थियाे ।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै महासचिव पोखरेलले एमाले सत्ताका लाागि लालायित नभएको जिकिर गर्दै देशलाई सही बाटोमा डोहोर्‍याउने सङ्कल्पका साथ नयाँ सत्ता समीकरण बनाएको दाबी गर्नुभयाे । देशमा लोकतन्त्र र परिवर्तनमाथि सङ्कट आइपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामी सत्ताका लागि लालायित छैनौँ । देशलाई सही बाटोमा डोहोर्‍याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौँ । कतिपयले प्रधानमन्त्रीमा आलोपालो भनेर सोध्ने गर्दछन् । हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौँ भनेर भनिराखेका छौँ । किनकि हाम्रो चिन्ता देशप्रति हो, नागरिकप्रति हो ।’

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्ता समीकरण बन्दा पनि महत्त्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया