इरान र इजरायलबीच युद्ध चर्किन सक्ने जोखिम तत्काललाई टरेपछि मध्यपूर्वमा राहतको अनुभव

 बैशाख ८, २०८१ शनिबार ९:४:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरान र इजरायलबीच  युद्ध चर्किन सक्ने जोखिम तत्काललाई टरेको ठानिएको छ । इरानमा हिजो बिहानै भएको क्षेप्यास्त्र आक्रमणबारे इजरायलले अझै पनि आधिकारिक रूपमा स्वीकार गरेको छैन । तर त्यसपछि थप आक्रमणका घटना नभएको अवस्थामा मध्य पूर्वमा केही राहतको अनुभव गरिएको बीबीसीले जनाएको छ ।

इरानी अधिकारीहरूले हिजो बिहान मध्य इरानको इस्फाहान सहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका थिए । तर कुन देशले आक्रमण गरेको हो भनेर उनीहरुले किटान गरेको अवस्था छैन । इरानले इजरायलमा गएको शनिवार तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरेको थियो ।

त्यसपछि इजरायलबाट हुनसक्ने जवाफी आक्रमणले युद्ध थप चर्किने त्रास बढेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई तत्कालै प्रतिक्रिया नजनाउन सल्लाह दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया