साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धेरै घटना दर्ता

 बैशाख ८, २०८१ शनिबार १६:३:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले सञ्चालन गरेको घटना दर्ता अभियानअन्तर्गत पञ्जिकरण सम्बन्धी २३ हजार जनाभन्दा धेरै घटना दर्ता भएका छन् ।

वैशाख १ गतेदेखि हिजोसम्म सञ्चालन गरेको अभियानअन्तर्गत १४ हजार एक सय ६९ जन्म, चार हजार एक सय छ वटा विवाह, तीन सय १० वटा सम्बन्धविच्छेद, एक हजार आठ सय ५० बसाइँसराइ र दुई हजार आठ सय ४१ मृत्यु गरी २३ हजार दुई सय ७६ वटा घटना दर्ता भएका पञ्जीकरण शाखाका निर्देशक दिलकुमार तामाङले जानकारी दिनुभयो ।

वैशाखको पहिलो हप्तामा सचेतनाका लागि अभियान सञ्चालन गरे पनि कार्यालय खुल्ने दिनमा सधैंभरी घटना दर्ता गर्न सकिने तामाङले बताउनुभयो ।

यसैबीच कानुनी पहिचान नहुँदा धेरै सडक बालबालिकाको घटना दर्ता हुन सकेको छैन । उनीहरुको घर तथा अभिभावकको पहिचान नहुँदा घटना दर्ता गराउन समस्या रहेको सडक बालबालिको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था ‘साथसाथ’ ले जनाएको छ ।

सडक बालबालिकाको जन्मदर्ता गराउनका लागि पालिकाबाट पहल गरिरहेको भए पनि कानुनी पहिचान दिलाउन समस्या रहेको संस्थाका कार्यक्रम व्यवस्थापक कविता शाहले बताउनुभयो । नागरिकता सम्बन्धी ऐन २०६३ (पहिलो संशोधन २०७९) जारी भएपछि एकल महिलालाई नागरिकता बनाउन सजिलो भए पनि बाबु आमा दुबैको पहिचान नभएका सडक बालबालिकाका लागि पहिचान गर्ने व्यक्ति नहुँदा कठिनाइ रहेको छ । अभिभावकविहीन बालबालिका कति छन् भनेर सरकारसँग पनि यकिन विवरण छैन ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया