प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 बैशाख ९, २०८१ आइतबार ९:५५:४२ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको ज्यान गएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया