आज महावीर जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

 बैशाख ९, २०८१ आइतबार १२:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज २६ सय २३औँ महावीर जयन्ती । जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी महावीर जन्मजयन्ती मनाउँदैछन् । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउँछन् । नेपालमा पनि वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले हरेक वर्ष महावीर जयन्ती मनाउँछन् ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । जैन धर्मका प्रवर्तक महावीरलाई अहिंसाका प्रतीक मानिन्छ । हिंसा, जातपातको चरम भेदभाव रहेको युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको मार्गमा डोहोर्‍याउनुभएको थियो ।

२६ सय २३ वर्ष अघि वैशाली गणतन्त्र अर्थात् अहिले भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँको कुण्डलपुरमा जन्मिएका वर्धमान तपस्यापछि महावीर स्वामी बन्नुभएको हो ।

यसैबीच महावीर जयन्तीका अबसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गर्नुभएको छ ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया