नेपालगञ्जकाे हनुमानगढीमा हनुमान जयन्ती महोत्सव शुरु हुँदै

 बैशाख ९, २०८१ आइतबार १२:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – हनुमान जयन्तीका अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ हनुमानगढीमा आजदेखि तीन दिने हनुमान जयन्ती महोत्सव शुरु हुँदैछ ।

भारतको अयोध्याबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने र भारत दिल्लीको मोन्टी नटराज समूहले विभिन्न कार्यक्रम गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वजित तिवारीले बताउनुभयो ।

महोत्सवमा काठमाण्डौ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइचलगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने आयोजक सुन्दर काण्ड मित्रमण्डलका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो । चन्दाबाट उठेको रकमबाट झण्डै २० हजारलाई भण्डारा अर्थात् भोजनको व्यवस्थापन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया