गोरखाको वीरेन्द्र तालमा हिमपहिरो : एउटा काठे पुल बगायो

 बैशाख ९, २०८१ आइतबार १०:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

गोरखा – चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज बिहान हिउँपहिरो खसेको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ । सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदैछ । बाढीले थप क्षति पुर्‍याउन सक्ने भन्दै बुढीगण्डकी नदी आसपासका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ । यसअघि हिमताल फुटेको भनिए पनि हिमपहिरोले तालको पानी छचल्किएर बगेको थाहा भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया