सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालको सार्वजनिक पदमा बसेको आरोप

 बैशाख ९, २०८१ आइतबार १५:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालको सार्वजनिक पदमा बसेको आरोपमा अख्तियारले पाैडेलविरुद्ध आज मुद्दा दायर गरेको हो ।

विदेशी अवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था रहेको छ । तर पौडेलले झुटा विवरण पेस गरेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको अख्तियारकाे आरोप पत्रमा उल्लेख छ । विकल पौडेलविरुद्ध सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा पनि मुद्दा विचाराधीन छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

गएको असोजमा दायर भएको 'पेमेन्ट गेटवे' को मुद्दामा पाैडेललाई विशेष अदालतले अस्ति शुक्रवार मात्रै दोषी ठहर गरेको छ । याे मुद्दामा अदालतले आउँदो २५ गते फैसला सुनाउनेछ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अब अकुत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया