मागेजति मन्त्रालय नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे

 बैशाख ९, २०८१ आइतबार १५:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मागेजति मन्त्री नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले दुई जना मन्त्री बनाइदिने सहमति पालना नगरेको भन्दै जसपाबाट मन्त्री बनेका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिनुभएको हो ।

लुम्बिनीमा जसपाले दुई वटा मन्त्रालय पाउने सहमति भएको थियो । सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो । सरकारले एकलौटि गर्दै गएमा विश्वासको मतसमेत फिर्ता लिने जसपाले चेतावनी दिएको छ ।

लुम्बिनीमा बहुमतका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिले १० सिट भएको नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुनुहुन्छ । उहाँलाई २९ सिट भएको एमाले, चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी, तीन सिट रहेको जसपा तथा नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र एक जना सांसदको पनि समर्थन रहेको छ । लुम्बिनीमा अहिले ११ वटा मन्त्रालय छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया