आयात निर्यातमै कमी आएपछि व्यापार घाटा केही घट्यो

३७ अर्बकाे खाद्यान्न र २२ अर्ब ८७ करोड रुपैयाँको तरकारी भित्रियो

 बैशाख ९, २०८१ आइतबार १५:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – वैदेशिक व्यापारमा नै कमी आएपछि नेपालको व्यापार घाटामा पनि कमी आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गएको वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो । व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घटेको छ ।

समग्र व्यापार भने दुई दशमलव ९२ प्रतिशतले घटेको छ । गएको वर्षको १० महिनामा १३ खर्ब १९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो वर्षको साउनदेखि चैतसम्म १२ खर्ब ८१ अर्ब रुपैयाँको व्यापार भएको विभागले जनाएको छ ।

१० महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ । यो गएको वर्षको १० महिनाको तुलनामा दुई दशमलव ८४ प्रतिशतले कमि हो ।

यस्तै १० महिनामा एक खर्ब १३ अर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको छ । गएको वर्ष १० महिनामा एक खर्ब १८ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो । १० महिनामा ३७ अर्ब रुपैयाँको खाद्यान्न र गेडागुडी आयात भएको छ । यस्तै २२ अर्ब ८७ करोड रुपैयाँको तरकारी, १७ अर्ब ३१ करोड रुपैयाँको फलफूल, ३७ अर्ब ८२ करोड रुपैयाँको घिउ तेल र २१ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ लगायत आयात भएका छन् ।

यस्तै १० महिनामा दुई खर्ब ४६ अर्ब रुपैयाँको पेट्रोल, डिजल र एलपी ग्यास भित्रिएको छ । ३० अर्ब रुपैयाँको औषधि, ९७ अर्ब २४ करोड रुपैयाँको फलाम र स्टिल, ७७ अर्ब रुपैयाँको मेशिन र पाटपुर्जा, ७६ अर्ब रुपैयाँको विद्युतीय सामान आयात भएको भन्सार विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया