संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना फिलिपिन्समा, महिला हिंसा र दुर्व्यवहार बढ्ने चिन्ता

 बैशाख ९, २०८१ आइतबार १५:१९:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

संयुक्त सैन्य अभ्यासका लागि ११ हजार जना अमेरिकी सेना फिलिपिन्स पुगेपछि महिला हिंसा र यौन दुर्व्यवहारकाे चिन्ता थपिएको अधिकारकर्मीले जनाएका छन् ।

महिला अधिकारकर्मीका विभिन्न सङ्गठनको एक गठबन्धनले संयुक्त सैन्य अभ्यासमा भाग लिनका लागि ११ हजार जनाभन्दा बढी अमेरिकी सैनिकको उपस्थितिले ठूलो चिन्ता थपेको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी सैन्य अड्डाका लागि तोकिएको क्षेत्रमा महिलाविरुद्ध हिंसा, विशेषगरी वेश्यावृत्ति र यौन दुर्व्यवहारमा वृद्धि हुन सक्ने अधिकारकर्मीले चेतावनी दिएका छन् ।

महिला अधिकारवादी सङ्गठन गब्रिएलाका महासचिव क्लेरिस पाल्सेले भिजिटिङ फोर्स एग्रिमेन्ट (भीएफए) र एन्हान्स्ड डिफेन्स को–अपरेशन एग्रिमेन्ट जस्ता असमान सैन्य सम्झौताले अमेरिकी सैनिकलाई अपराधबाट उन्मुक्ति दिएकाले महिला पीडित हुन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । अमेरिकी सेनालाई फिलिपिन्सको कानुनअन्तर्गत उत्तरदायित्वको सामना नगरि अपराध गर्न र फिलिपिन्समा दुर्व्यवहार गर्न लाइसेन्स प्रदान गरेको उहाँको आरोप छ ।

११ हजार अमेरिकी र ५० हजार जना फिलिपिनी सैनिकको सहभागितामा यही अप्रिल र जुन महिनामा संयुक्त अभ्यास चल्नेछ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया