वीरेन्द्र तालको अवस्था सामान्य, अब कुनै खतरा नरहेकाे विभिन्न निकायको भनाइ

 बैशाख ९, २०८१ आइतबार १५:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा – गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ ।

आज बिहान वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बूढीगण्डकी नदीमा पानीको सतह बढेको थियो भने सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको थियो । तर अहिले अवस्था निकै सामान्य रहेको र कोही पनि आत्तिनुनपर्ने गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । गाउँपालिकाले पनि सूचना निकालेर अवस्था सामान्य रहेको र बूढीगण्डकी किनारमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै पर्यटन विभागका निर्देशक राकेश गुरुङले पनि अवस्था सामान्य रहेकाले पर्यटकलाई अत्याउने गरी सूचना प्रवाह नगर्न सञ्चारमाध्यमलगायत सबैसँग आग्रह गर्नुभएको छ । लार्केपास जाने घ्यापो खोलाको एउटा काठेपुल बगाउनुबाहेक बाढीले कुनै क्षति नगरेको उहाँले बताउनुभयो । मनास्लु आधार शिविरका होटल व्यवसायी मिङ्मा टी लामाले पनि अवस्था अरू बेलाकै जस्तो सामान्य रहेको बताउनुभएको गुरुङले जानकारी दिनुभयो ।

बिहान तालको पानी छचल्किँदा स्थानीय खोला र बूढीगण्डकीमा सामान्य बाढी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखा र गृह मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया