दक्षिण कोरियाले युक्रेनलाई सस्तो ब्याजमा ऋण दिने

 बैशाख १०, २०८१ सोमबार ९:२५:५८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई झण्डै १० करोड डलर बराबरको सहायता पनि पठाउने बताएको बीबीसीले जनाएको छ ।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि विनाशकारी युद्धमा फसेको युक्रेनलाई दक्षिण कोरियाले समर्थन गरिरहेको छ । दुई वर्षदेखि चलेको युद्धले युक्रेनमा ठूलो क्षति पुर्‍याएको खबरमा उल्लेख छ । युक्रेनका धेरै महत्वपूर्ण शहर रुसको नियन्त्रणमा रहेका छन् ।

रुसी आक्रमणका कारण युक्रेनको ऊर्जा पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । युक्रेनमा चलिरहेको युद्धलाई आफ्नो विशेष सैन्य अपरेशन भनेको रुसले पनि ठूलो सङ्ख्यामा सैन्य जनशक्ति गुमाएको खबरमा उल्लेख छ । बीबीसीको रिपोर्टअनुसार युद्धमा अहिलेसम्म ५० हजारभन्दा धेरै रुसी सैनिक मारिएका छन् । यद्यपि, वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया