गठबन्धन कति दिनसम्म चल्छ भन्न सक्दिनँ : माधव नेपाल

 बैशाख १०, २०८१ सोमबार १२:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज बिहान काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको बताउनुभयो ।

कसैका धाकधम्की, गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको अध्यक्ष नेपालको भनाइ छ । वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया