कम्युनिष्टहरूको पुनः एकता हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

 बैशाख १०, २०८१ सोमबार १२:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कम्युनिष्टहरूको पुनः एकता हुन सक्ने दाबी गर्नुभएको छ । आज तुल्सीलाल स्मृति प्रतिष्ठानले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरूको वाम एकता आमनागरिकबाट अनुमोदन भएकाले सही कामको निम्ति प्रयास जारी राख्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु नै अबको गणतन्त्र र राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको दाबी गर्नुभयो । राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र नागरिकका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको उहाँले बताउनुभयो ।

प्रचण्डले कम्युनिष्टहरू कुनै न कुनै रूपले सहकार्य र एकतामा जान आवश्यक रहेकोमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया