पूर्वाधार विकास समितिले कर्णाली प्रदेशका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गर्दै

 बैशाख १०, २०८१ सोमबार १२:२७:५८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ ।

पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको टोलीले बाँकेको नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने छ । टोलीले हिजो सल्यानमा सरकोकारवालासँग अन्तरक्रिया गरेको छ ।

अनुगमन टोलीमा पूर्वमन्त्री प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य उर्मिला माझी, मैना कार्कीलगायत हुनुहुन्छ । सल्यानमा सञ्चालित मदन भण्डारी राजमार्ग, राप्ती राजमार्गसहित कर्णाली प्रदेशमा निर्माणाधीन मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोरलगायतका सडकमा भइरहेको कामको अनुगमन गरी स्थलगत रिपोर्ट तयार गरेर विकास समिति, सम्बन्धित मन्त्री र मन्त्रालयलाई बुझाइने अनुगमन समितिका सदस्य माझीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हुँदैमा सञ्चालित गौरवका आयोजना प्रभावित हुन नहुनेमा जोड दिएका छन् । राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा आवश्यक बजेटको स्रोतको सुनिश्चिता भए पनि सरकार फेरबदल भएपछि बोलपत्र आह्वान नभएको उहाँहरूको गुनासो  छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया