खोटाङमा विद्युत् सर्ट भएर लागेको आगोमा घर जलेर नष्ट

 बैशाख १०, २०८१ सोमबार १२:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ – विद्युत् सर्ट हुँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी खुतुर्केका शम्सेरबहादुर खड्काको टिनको छानो भएको दुई तले घर र नजिकै बनाइएको भान्छा घर जलेर नष्ट भएको छ ।

गए राति भएको आगलागीमा घर जल्दा खड्काको २५ लाख रुपैयाँ बराबरको धन सम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो ।

आगलागीको जानकारी पाएपछि प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको टोलीले आज बिहान मात्र आगो निभाएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया