काठमाण्डौमा भूकम्पीय दरारसम्बन्धी प्रदर्शनी चल्दै

 बैशाख १०, २०८१ सोमबार १२:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको नक्सालमा रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भूकम्पीय दरार (फल्ट) बारेको प्रदर्शनी चलिरहेको छ ।

भूकम्पका कारण झापाको दमकको जमिनमा परेको चिरा अर्थात् दरारको अध्ययन गरी दरार भएको जमिन ताछेर ल्याई प्रदर्शनीमा राखेको त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभागका प्रमुख डा. सुबाेध ढकालले जानकारी दिनुभयो । ‘हिमालय क्षेत्रमा अहिलेसम्म भेटिएको सक्रिय ठूलो दरारमध्येको एक दमकको दरार खनेर दरार बनेको समयमा भएको जमिन चिप्लिएको प्रष्ट देखिने गरी जमिनलाई विशेष खालको गम र रसायन प्रयोग गरी उप्काएर ल्याएर प्रदर्शनीमा राखिएको हो’, डा. ढकालले भन्नुभयो ।

त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभाग र हिरोशिमा युनिभर्सिटी जापानको संयुक्त आयोजनामा भइरहेको 'टच द इन्डो–युरोसेयिन प्लेट बाउन्ड्री' नामक प्रदर्शनी आउँदो १२ गतेसम्म चल्नेछ ।

प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा. दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताउनुभयो । उहाँले नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको बताउनुभयो । प्रदर्शनीमा भूकम्पसबन्धी विद्यार्थीका चित्रकला पनि समावेश रहेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया