पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गाैरव’ सम्मान

 बैशाख १०, २०८१ सोमबार १५:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ ।

नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्तरूपमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान प्रदान गर्नुभएको हो ।

नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाकाे राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भूमिका पनि निर्वाह गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै भण्डारीले आफूलाई सम्मान प्रदान गरेकोमा एमालेप्रति आभार व्यक्त गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा रहेकाे सनराइज हलमा आयोजित समारोहमा विशेष वक्ताका रूपमा प्रधानमन्त्री दाहाल प्रचण्ड र  प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया