सर्लाही र चितवनमा भएका छ्ट्टाछुटै दुर्घटनामा दुई जनाको ज्यान गयो

 बैशाख ११, २०८१ मंगलबार ९:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सर्लाहीको बरहथवा नगरपालिकाको पिप्राभित्तामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन् । गएराति बरहथवा नगरपालिका–१५ मा रहेको नहरको बाटोमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको ज्यान गएको र अरु घाइते चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका भरतपुर महानगरपालिका–३ बेलचोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकलको पछाडि बसेका भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते हुनुभएको छ । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया