पहिलो पटक नेपाल आउन लागेको वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा

 बैशाख ११, २०८१ मंगलबार ९:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने ‘ए’ टोलीको घोषणा गरेको छ । रोस्टन चेशको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली पनि हो ।

सन् २०१६ मा टी–२० विश्व कप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहितको टोलीमा तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पउललगायतका खेलाडी छन् । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आउँदो शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा १२ बजेदेखि शुरु हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

वेस्टइन्डिजको टोली :
कप्तान–रोस्टन चेश, उपकप्तान–एलिक एथानाज, फबिएन एलेन, कादीम एलिने, जोशुवा विशोप, क्यासी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पउल, ओशान थोमस र हायडेन वाल्स । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया