इजरायली आक्रमणमा ज्यान गुमाएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

 बैशाख ११, २०८१ मंगलबार ९:४३:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजाको रफाह शहरमा इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला साढे सात महिनाको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक प्रसूति सेवामार्फत शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ ।

एक किलो ४ सय ग्राम तौल रहेको बच्चाको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको खबरमा उल्लेख छ । रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताउनुभयो । उनलाई तीनदेखि चार हप्तासम्म अस्पतालमा राखिनेछ ।

अस्ति आइतवार भएको आक्रमणमा ज्यान गुमाउने महिला सबरीन अल–सकानीसँगै उनका श्रीमान् र ३ वर्षकी छोरीलगायत एकै परिवारमा अरु १३ जना बालबालिकासहित १९ जना मारिएका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया