दैलेखमा सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै

 बैशाख ११, २०८१ मंगलबार १२:४१:३१ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आइतवारदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर पिरमर्का, गुनासो वा असन्तुष्टि सुन्ने र प्रक्रियागत झन्झटलाई सहज गरी सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाएर काम थाल्नुभएको छ ।

गुराँस गाउँपालिका–६ जोरेबाँझकी खगिसरा नेपालीले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन भइरहेको समस्या सुनाएपछि सहजै समाधान भएको बताउनुभयो । दैलेख उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश पौडेलले ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम मौलिक र सराहनीय प्रयास भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुसालको पहलमा गएको फागुन ४ गते विकासका लागि संवाद कार्यक्रम गरेर दैलेखको पेट्रोलियम अन्वेषण, मध्यपहाडी राजमार्ग, राकमको नयाँ शहर आयोजनाको कामलाई गति दिन आवश्यक प्रयास अगाडि बढेकाे थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया