प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै

 बैशाख ११, २०८१ मंगलबार १८:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज राति आर्सनल र चेल्सी खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १ बजे आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ ।

आर्सनलले यो सिजनमा अहिलेसम्म ३३ खेल खेलेकोमा २३ खेल जित्दै ७४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । आर्सनलभन्दा दुई खेल कम खेलेको चेल्सी १३ खेल जित्दै ४७ अङ्कका साथ नवौँ स्थानमा छ । उपाधि होड बलियो बनाइराख्न आर्सनललाई यो खेल जित्नुपर्ने दबाब छ, चेल्सी भने उपाधि हाेडबाटै बाहिरिइसकेकाे छ ।

प्रिमियर लिगको अघिल्लो खेलमा आर्सनलले उल्भ्सलाई २–० र चेल्सीले एभर्टनलाई ६–० गोलले हराएको थियो । प्रिमियर लिगमै यी दुई टोलीबीच पछिल्लो पटक गएको अक्टोबर २१ मा भेट हुँदा खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यस्तै चेल्सीसँगको पछिल्ला आठ खेलमा आर्सनलले एक खेलमा मात्र हार बेहोरेको छ । आर्सनलले पाँच खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया