बाटो निर्माणमा भ्रष्टाचार : चङ्खेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिृकतसहित सात जनाविरुद्ध मुद्दा

 बैशाख १३, २०८१ बिहिबार १६:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले चङ्खेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, सहायक सब–इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चङ्खेली–३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । उनीहरूले हुम्लाको सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा उनीहरूले भएको भन्दा बढी कामको मूल्याङ्कन गराएको, झुटा बिल तथा काम सकिएको प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, सहायक सब–इन्जिनियर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाटबाट दुई लाख २२ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै चङ्खेली गाउँपालिका–३ का वडाध्यक्ष शालिग्राम ऐडीलाई सजायमात्रै माग भएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया