दिल्ली क्यापिटल्सले मिचेल मार्शको ठाउँमा अफगानिस्तानका अलराउन्डरलाई अनुबन्ध गर्‍याे

 बैशाख १४, २०८१ शुक्रबार १५:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका मिचेल मार्शको स्थानमा अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ ।

चोटका कारण मिचेल मार्श बाहिरिएकाले अफगानिस्तानका अलराउन्डर गुलबदिनलाई आईपीएलको बाँकी खेलका लागि अनुबन्ध गरेको दिल्लीले जनाएको छ । उनी ५० लाख भारुको आधार मूल्यमा दिल्लीमा सामेल भएका छन् । गुलबदिन आईपीएल खेल्नका लागि पहिलो पटक छनोट भएका हुन् । मार्श चार खेल खेलेपछि चोटका कारण आईपीएलबाट बाहिरिएका थिए ।

३२ वर्षीय मध्यम गतिका बलिङ अलराउन्डर गुलबदिनले ६२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ वटा शतकसहित ८ सयभन्दा धेरै रन बनाउँदा २६ विकेट लिएका छन् । उनले राष्ट्रिय टोलीको पनि नेतृत्व गरिसकेका छन् ।

आईपीएलमा दिल्ली क्यापिटल्स ९ खेलमा ४ जितसहित ८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया