नाइजेरियामा दादुराको शङ्कास्पद प्रकोपबाट १९ जना बालबालिकाको ज्यान गयाे

 बैशाख १६, २०८१ आइतबार १५:२२:३० | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र डाक्टरको टोली तत्काल परिचालन गरिएकोे जानकारी दिनुभएको खबरमा उल्लेख छ । उहाँले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताउनुभयो । उहाँले अभिभावकले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा यो दुःखद क्षण आएको भन्दै बालबालिकालाई दादुराविरुद्धको खोप नियमित लगाउन प्रोत्साहन गर्नुभएको छ ।

दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल सङ्क्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया