बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

 बैशाख १७, २०८१ सोमबार १४:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयाेगले जनाएकाे छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजार तीन सय ३७ मत खसेकाे थियाे । यहाँ ६१ हजार ७ सय ४८ जना मतदाता थिए । खसेकाे मतमध्ये ६ सय ३२ मत बदर भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो । कांग्रेसका पृथ्वीबहादुर सिंहकाे गाडी दुर्घटनामा निधन भएपछि अहिले उपचुनाव भएकाे हाे ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया