इलाममा एमालेले अग्रता बढाउँदै, नेम्वाङ र खड्काबीच झन्डै ५ हजार मतकाे अन्तर

 बैशाख १७, २०८१ सोमबार १४:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलाम–२ मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रतालाई झनै फराकिलो बनाउनुभएको छ ।

अहिलेसम्म ३४ हजार २६ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । नेम्वाङ र खड्काबीच ४ हजार ९ सय ८६ मतको अन्तर छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार २ सय ८५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

अस्ति शनिवार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । एमालेका नेता सुवाचन्द्र नेम्वाङको निधन भएपछि अहिले उपचुनाव भएको हो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया