नाटक ‘बाजी’ वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा

 बैशाख १८, २०८१ मंगलबार १२:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । नाटक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ ।

एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘बाजी’ लाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गरेका छन् । नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जयप्रकाश ताजपुरियाको अभिनय रहेको छ ।

एन्टोन चेखव आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकाले उनको कुनै रचनालाई मञ्चमा देखाउने क्रममा यो कथा छानेको निर्देशक रविन परियारले बताए । ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो, कारागारमा बन्दीले रूपान्तरण हुने अवसर पाउने हो भने धेरै अपराधीले आफूलाई सुधार्न सक्छ भन्ने कुराहरूलाई निर्देशकले नाटकमा प्रस्तुत गर्न खोजेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया