गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप

 बैशाख २२, २०८१ शनिबार १५:२६:४० | रासस
unn.prixa.net

चितवन – अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । भरतपुर अस्पतालमा विगतमा तीन दिनमा दुई हजार जना विरामी पुग्ने गरेकोमा अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म विरामी पुग्ने गरेका छन् ।

अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाकाअनुसार एक हप्तादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो । अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थिति आउन थालेको उहाँको भनाई छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले भोलि आइतवारदेखि टिकट काउन्टर थप गर्न लागेको उहाँले बताउनुभयो ।

नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढी मात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । उहाँले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गर्नुभयो । अहिले भरतपुर अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ ।     

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया