ललितपुर मेयर्स–११ लाई हराउँदै काेशीकाे पहिलाे जित

 जेठ ३, २०८१ बिहीबार १८:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेशी प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलाे जित हात पारेकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा काेशीले ललितपुर मेयर्स–एघार (११) लाई ६ विकेटले हरायो ।

ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १२ बलअघि ४ विकेट गुमाएर भेटायो । कोशीकी काजल श्रेष्ठले नट आउट ३६ रन बनाइन् । ललितपुरकी कृतिका मरासिनीले ३ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । ललितपुरकी आश्मा पुलामी मगरले नट आउट २६ रन बनाइन् । कोशीकी अप्सरी बेगमले ३ विकेट लिइन् ।

काेशीले लगातार तीन खेलकाे हारपछि पहिलाे जित हात पारेकाे हाे ।  योसँगै तालिकाको चौथो स्थानमा रहेको कोशीले ४ खेलमा २ अङ्क जोडेको छ । ललितपुर ४ खेलमा २ अङ्कसहित नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया