सी–पुटिन भेट : दुई देशबीचको सम्बन्धको प्रशंसा, युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा जोड

 जेठ ३, २०८१ बिहीबार १८:३४:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा सी र पुटिनले दुई देशबीचको मित्रता र प्रगाढ सम्बन्धको प्रशंसा गरेका बीबीसीले जनाएको छ ।

दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धबारे पनि चर्चा भएको छ । चिनियाँ राष्ट्रपति सीले बेइजिङ र मस्कोबीच रुस–युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा सहमति भएको बताएका खबरमा उल्लेख छ । तर उहाँले यसबारेमा अन्य विवरण दिनुभएको छैन । गएको वर्ष चीनको शान्ति प्रस्तावको युक्रेन र उसका पश्चिमी सहयोगीहरूले आलोचना गरेका थिए ।

यस्तै रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको विषयमा मध्यस्थताका लागि चीनलाई धन्यवाद दिनुभएको बीबीसीले जनाएको छ । युक्रेन सङ्कट समाधान गर्न चीनको प्रयासप्रति रुस आभार रहेको उहाँले बताउनुभयो । चीन र रुसले द्विपक्षीय व्यापारको प्रशंसा गर्दै नयाँ सम्झौताको शृङ्खलामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।

युक्रेन युद्धका कारण पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसको मुख्य निर्यातकर्ता बनेको छ । चीनले अहिले रुसलाई कार, लत्ताकपडा, कच्चा पदार्थ पठाइरहेको छ । सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलर पुगेको चीनले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । चीनमाथि रुसलाई हतियार उपलब्ध गराएको अरोप पनि लाग्ने गरेको छ तर उसले यो आरोपको बारम्बार अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपतिमा पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा आज बिहान बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया