अस्ट्रेलियाले २०२६ को एएफसी महिला एसियन कपको आयोजना गर्ने

 जेठ ३, २०८१ बिहीबार १८:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – सन् २०२६ को एएफसी महिला एसियन कप अस्ट्रेलियाले आयोजना गर्ने भएको छ ।

सन् २०२६ को प्रतियोगिता अस्ट्रेलियाले आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यकारी समितिले औपचारिक रूपमा अनुमोदन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

२१ औँ संस्करणको प्रतियोगिताको समूह चरणका खेल अस्ट्रेलियाको न्यु साउथ वेल्स, क्विन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलियामा हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल सिड्नी स्टेडियममा हुनेछ ।

अस्ट्रेलियाले यसअघि सन् २००६ मा प्रतियोगिताको आयोजना गरेको थियो । एएफसी महिला एसियन कपमा सबैभन्दा सफल टिम चीन हो । चीनले अहिलेसम्म नौ पटक उपाधि जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको उत्तर कोरियाले तीन पटक उपाधि जितेको छ ।

यसैबीच एएफसी महिला एसियन कप अयोजना गर्ने अधिकार पाएकोमा फुटबल अस्ट्रेलियाले खुशीयाली मनाएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया