हैदराबाद र गुजरातको खेल वर्षाका कारण रद्द, हैदराबाद प्लेअफमा पुग्यो

 जेठ ४, २०८१ शुक्रबार ६:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएरातिको खेल टस नै नभई रद्द भएको हो । खेल रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।

जारी आईपीएलमा तेस्रो स्थानमा रहेको हैदराबादको १३ खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अङ्क रहेको छ । कोलकाता यसअघि नै १३ खेलमा १९ अङ्कसहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ ।

गुजरात भने यस खेलअघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अङ्क बटुल्दै यस सिजनको खेल सकेको छ । आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया